रिलायबल नेपाल लाइफको १२ प्रतिशत नगद लाभांश घोषणा

अनलाइनसमय |
६ पुष २०८२
रिलायबल नेपाल लाइफको १२ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं, ६ पुस । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस