६.७४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

अनलाइनसमय |
२९ मंसिर २०८२
६.७४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं, २९ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६०१ दशमलव ६१ बिन्दुमा कायम भएको हो ।

आज ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार बैंकिङ शून्य दशमलव ७२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, विकास बैंक शून्य दशमलव ३३, व्यापार शून्य दशमलव २७, फाइनान्स शून्य दशमलव ९, निर्जीवन बीमा शून्य दशमलव ७, हाइड्रोपावर शून्य दशमलव ०६ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।

यसैगरी अन्य शून्य दशमलव १७, म्युचुअल फण्ड र होटेल तथा पर्यटन समूहको समान शून्य दशमलव ११, लगानी र माइक्रोफाइनान्स समूहको समान शून्य दशमलव ०८ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा एसवाइ प्यानल नेपाल र स्वस्तिक लघुवित्त रहेका छन् । यस्तै स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन ८ दशमलव ७९, ओम मेगाश्रीको शेयर मूल्य ४ दशमलव ०९ प्रतिशतले बढेको छ ।

आज हिम स्टार ऊर्जा ६ दशमलव ९५, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ७३, खानी खोला हाइड्रोपावर ५ दशमलव १८, ज्योती विकास बैंक ४ दशमलव २९ र बारही हाइड्रोपावर पब्लिकको शेयर मूल्य ३ दशमलव ८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस