सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२८ मंसिर २०८२
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ मंसिर । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस