नवनियुक्त चार मन्त्रीले लिए शपथ

अनलाइनसमय |
२६ मंसिर २०८२
नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं, २६ मंसिर । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन तथा वातावरण, भण्डारीलाई श्रम र इङ्नाम भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीहरुको जिम्मेवारी भने यथावत छ । परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय भने प्रधानमन्त्री कार्कीले आफूसँगै राखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस