काठमाडौं, २५ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने भएका छन् ।
नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम एकल सिफारिस गरेको हो ।
सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन् । अब उनी आठौँ पटक डडेल्धुराबाटै संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् ।
केही दिनअघि देउवाले डडेल्धुराका नेताहरूसँग अन्तिम पटक निर्वाचन लड्ने बताएका थिए ।