तोलामा ३ सयले घट्यो सुन, चाँदी हालसम्मकै महङ्गो

अनलाइनसमय |
१६ मंसिर २०८२
तोलामा ३ सयले घट्यो सुन, चाँदी हालसम्मकै महङ्गो

काठमाडौं, १६ मंसिर । नेपाली बजारमा केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार दिन सोमबारको तुलनामा सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन तोलामा २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन सोमबार प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस