जेनजी आन्दोलनका क्रममा भएका क्षतिको ३.६८ अर्ब रुपैयाँ दाबी भुक्तानी

अनलाइनसमय |
२६ कार्तिक २०८२
जेनजी आन्दोलनका क्रममा भएका क्षतिको ३.६८ अर्ब रुपैयाँ दाबी भुक्तानी

काठमाडौं, २६ कात्तिक । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बीमा दाबी परेको छ, जसमध्ये हालसम्म अग्रिमसमेत गरी ३ अर्ब ६८ करोड ४१ लाख बीमितहरूलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबी दर्ता भएको छद, जसको १९ अर्ब ४ करोड ९ लाख रुपैयाँ दबी परेकोमध्ये २ अर्ब ९२ करोड ८६ लाख भुक्तानी भइसकेको छ ।

त्यस्तै, मोटर बीमातर्फ ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँका २ हजार २९० वटा दाबी परेकोमध्ये ६८ करोड ६१ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख रुपैयाँ दाबी रकममध्ये ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६८ लाख रुपैयाँ दाबी रकममध्ये ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये २३ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ प्राधिकरणले जनाएको छ ।

पुनर्बीमा कम्पनीबाट २.४८ अर्ब अग्रिम भुक्तानी
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी रकम १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस