एकैदिन ११ हजार ६ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
९ कार्तिक २०८२
एकैदिन ११ हजार ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं, ९ कात्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै आज सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत ३ कात्तिकमा सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । आज चाँदी ३ हजार १५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । गत कात्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस