चालू आवमा नेपालीको प्रतिव्यक्ति आय १,५१७ डलर पुग्ने

अनलाइनसमय |
१७ वैशाख २०८२
चालू आवमा नेपालीको प्रतिव्यक्ति आय १,५१७ डलर पुग्ने

काठमाडौं, १७ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१/८२ मा नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै प्रतिव्यक्ति आय एक वर्षमा ६१ डलर बढेर १ हजार ५१७ डलर पुगेको जनाएको छ ।

गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो । गत वर्ष यस्तो आय ५७ डलरले बढेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस