काठमाडौं, १७ वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव १४ अङ्कले घटेर दुई हजार ६२३ दशमलव ८३ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड ४१ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १०७ धितोपत्रको शेयर मूल्य बढ्दा १३६ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार व्यापार समूहको उपसूचक सर्वाधिक १ दशमलव १९ प्रतिशतले बढेको छ । हाइड्रोपावर शून्य दशमलव ६७, म्युचुअल फण्ड शून्य दशमलव १६, निर्जीवन बीमा र माइक्रोफाइनान्स शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । यसदिन अन्य १ दशमलव १५, फाइनान्स १ दशमलव १४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६४ प्रतिशतले घटेको छ ।
आज आज तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा समाजवादी लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स रहेका छन् । त्यस्तै सिनर्जी पावर डेभलपमेण्ट ८ दशमलव ३७, राधि पावरको शेयर मूल्य ७ दशमलव ३६ प्रतिशतले बढेको छ ।
यसदिन भुगोल इनर्जी डेभलपमेण्ट शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी सप्तकोशी डेभलपमेण्ट बैंक ५ दशमलव ५७, माया खोला हाइड्रोपावर ३ दशमलव ८६ र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्य ३ दशमलवग ६९ प्रतिशतले ह्रास आएको छ ।