काठमाडौं, १६ वैशाख । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजिएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो गरेका हुन् ।
‘पेसागत, संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने, सरकार ढाल्ने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न बन्द हुनुपर्छ,’ उनले भने ।
महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि बाहिर गएपछि अमिलो अनुहार लगाउने गरेको बताए ।
उनले भने, ‘हामीले देखिरहेका छौँ, शिक्षक महासंघका साथीहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा उत्साहित भएर, खुशी भएर बाहिर निस्किएको समाचारहरू हामीले बढिरहेका हुन्छौं तर बाहिर आउनुहुन्छ अनुहार फेरि अरअरो हुन्छ नमिठो अनुहार हुन्छ,’ सांसद गैरेले, ‘सत्तारुढ दलको नेता र मन्त्रीहरूको बैठकमा पनि शिक्षक साथीहरू खुसी भएर फर्किएको देखिन्छ, जब बाहिर आउनुहुन्छ समस्या जहाँको त्यही हुन्छ ।’