गगन थापाविरुद्धको अवहेलना मुद्दा मल्ल-पाण्डेको इजलासमा

अनलाइनसमय |
१६ वैशाख २०८२
गगन थापाविरुद्धको अवहेलना मुद्दा मल्ल-पाण्डेको इजलासमा

काठमाडौं, १६ वैशाख । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अदालतको अवहेलना मुद्दा सुनुवाइ हुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा मंगलबार सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतको निर्णय प्रक्रिया र ढिलाइप्रति सार्वजनिक रूपमा आलोचना गरेपछि उनीमाथि परेको अदालत अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ मंगलबार हुने भएको छ।

थापाविरुद्ध आइतबार सर्वोच्चमा तीन व्यक्तिले संयुक्त रूपमा अवहेलना मुद्दा दायर गरेका थिए । वकिल अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको उक्त मुद्दामा थापाले हालै सार्वजनिक कार्यक्रममार्फत् अदालतमाथि गम्भीर टिप्पणी गरेको दाबी गरिएको छ ।

संवैधानिक निकायमा भएका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निर्णय दिन ढिलाइ गरिरहेको भन्ने थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै मुद्दा दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस