नेप्सेमा १४.५३ अङ्कको ह्रास, कारोबार रकम पनि घट्यो

अनलाइनसमय |
१५ वैशाख २०८२
नेप्सेमा १४.५३ अङ्कको ह्रास, कारोबार रकम पनि घट्यो

काठमाडौं, १५ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ०७ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ३६ लाख ८९ हजार ०७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ७८ धितोपत्रको शेयर मूल्य बढ्दा १६७ को घटेको छ । यसदिन कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये ९ को घटेको छ भने ४ उपसूचकको मात्र बढेको छ । फाइनान्स १ दशमलव ५९, व्यापार शून्य दशमलव ४१, होटेल तथा पर्यटन शून्य दशमलव ०८ र निर्जीवन बीमाको शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । यसदिन लगानी समूहको उपसूचक सर्वाधिक २ दशमलव १५ प्रतिशतले घटेको छ । हाइड्रोपावर शून्य दशमलव ९९, विकास बैंक शून्य दशमलव ७५, उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ५७ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ४८ प्रतिशतले ह्रास आएको छ ।

आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

सप्तकोशी डेभलपमेण्ट बैंक ८ दशमलव ९३, भुगोल इनर्जी र त्रिसुली जलविद्युत्को शेयर मूल्य ५ दशमलव ३३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस