नेपाल यस्तो देश हो, भ्रष्टाचार गर्न ऋण लिइन्छ : डा. सिंह

अनलाइनसमय |
१५ वैशाख २०८२
नेपाल यस्तो देश हो, भ्रष्टाचार गर्न ऋण लिइन्छ : डा. सिंह

काठमाडौं, १५ वैशाख । भ्रष्टाचार गर्न विदेशबाट ऋण लिने गरेको  भन्दै सांसद डा. अम्रेश कुमार सिंहले टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१ माथी विचार गरियोस्’ भन्ने विषयमा बोल्दै सांसद सिंहले यस्तो टिप्पणी गरेका हुन् ।

‘दुनियाँमा नेपाल मात्रै एउटा यस्तो देश हो, भ्रष्टाचार गर्नलाई ऋण लिइन्छ,’ उनले भने, ‘५० विलियन डलरको पनि इकोनोमि छैन, विदेशीसँग ऋण लिएर जनताको टाउकोमा ऋण बोकाएर आफू भ्रष्टाचार गर्ने कर्मचारी र राजनीतिक मिलेमतोमा ।’

नागरिक उड्डयन प्राधिकरण सुरुदेखि नै विवादित र समस्याग्रस्त भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस