काठमाडौं, १५ वैशाख । प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ ।
सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेस गरेका हुन् ।
संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था छ ।
राष्ट्रपतिले पुनः त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद्समक्ष पेस गर्ने कानुनी प्रावधान छ । यसअनुसार नेपाल सरकारको वार्षिक प्रतिवेदन संसद्मा पेस भएको हो ।