राप्रपाको आरोप :शिक्षक आन्दोलनमा सरकारले नै घुसपैठ गरायो

अनलाइनसमय |
१५ वैशाख २०८२
राप्रपाको आरोप :शिक्षक आन्दोलनमा सरकारले नै घुसपैठ गरायो

काठमाडौं, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शिक्षक आन्दोलनमा सरकारले नै घुसपैठ गराएको आरोप लगाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा (राप्रपा) की सांसद रोशन कार्कीले यस्तो आरोप लगाएकी हुन् ।

प्रतिनिधिसभाको बैठकमा उनले भनिन्, ‘सरकार फेरि दमनमा उत्रिएको छ । हिजो शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर शिक्षामाथि लाठीचार्ज र पानीको फोहोरा हानिएको छ । ६२ जना शिक्षकलाई घाइते बनाइएको छ । शिक्षिकाहरूमाथि दुव्र्यवहार गरिएको छ । पत्रकारलाई घाइते बनाइएको छ । घाइते भएका शिक्षक तथा पत्रकारको निःशुल्क उपचार गर्न उनको माग छ ।
यस्तै उनले आन्दोलनरत शिक्षक, आवासीय चिकित्सकलाई काममा फर्काउने वातावरण बनाउन उनले माग गरिन् । ‘सरकार दमन धेरै नगर । प्रहरीलाई धेरै लाठीचार्ज गर्न नलगाऊ, तिमीहरूलाई पनि लाठीचार्ज गर्नुपर्ने दिन आउला,’ कार्कीले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस