आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर सिफारिस समितिले पूर्णता पाउने

अनलाइनसमय |
१५ वैशाख २०८२
आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर सिफारिस समितिले पूर्णता पाउने

काठमाडौं, १५ वैशाख । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिन सक्नेछ । सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएसँगै रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गर्नुपर्नेछ ।

सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुनेछ । समितिले ३ जनाको नाम पठाएपछि अर्काे मन्त्रिपरिषद्को बैठकले नियुक्तिको निर्णय गर्नेछ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उनीहरुबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा गुणाकर भट्टलाई गभर्नर बनाउन सहमति भएको बताइएको छ ।

साथै आजको बैठकले शिक्षकदेखि चिकित्सकका मागको बारेमा सम्बोधन गर्ने जनाइएको छ ।
.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस