काठमाडौं, १४ वैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।