कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना, शाहसहित ६ जना घाइते

अनलाइनसमय |
१४ वैशाख २०८२
कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना, शाहसहित ६ जना घाइते

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी आइतबार भारतमा दुर्घटना भएको छ ।

परिवारका सदस्यसहित धनगढीबाट दिल्ली जाँदै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो । बससँग ठोक्किँएर शाह चढेको गाडी दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा परी शाहसहित ६ जना घाइते भएका छन् । अन्य घाइते पनि शाहकै परिवारका सदस्य रहेको बताइएको छ ।

शाहसँगै उनकी बहिनी र ज्वाईंकोे शाहजहाँपुरस्थित अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीन जनालाई धनगढी ल्याइँदै छ । दुर्घटनामा घाइते शाहको अवस्था खतरामुक्त रहेको बताइएको छ । गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाइँ सवार थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस