आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

अनलाइनसमय |
१४ वैशाख २०८२
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

काठमाडौं, १४ वैशाख । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा आइतबार आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ ।

विगत २६ दिनदेखि आफ्ना मागहरूमाथि दबाब सिर्जना गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकहरू निषेधित क्षेत्रतर्फ अगाडि बढेपछि प्रहरीसँग झडप भएको हो ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले ढुंगामुढा गर्न थालेका थिए ।

प्रहरीले आन्दोलनकारी शिक्षकहरूप्रति लाठी प्रहारका साथै पानीको फोहोर समेत प्रहार गरेको थियो ।
शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म संघर्ष जारी रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस