प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान

अनलाइनसमय |
१४ वैशाख २०८२
प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान

काठमाडौं, १४ वैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत १० दिने भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन् ।

केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको विमानमा राउत सर्वोच्चकै रजिस्ट्रार विमल पौडेलका साथमा प्रस्थान गरेका हुन् । उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहेको छ ।

प्रतिनिधिमण्डलमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत, पाटनका न्यायाधीश हेमन्त रावल पनि रहनेछन् । फुयाल, थापा र रावल एयर इन्डियाको विमानमार्फत भारतको नयाँ दिल्ली हुँदै आज बेलुका बेलायत जाँदैछन् ।

बेलायत सरकारको निमन्त्रणामा बेलायतको सर्वोच्च अदालतलगायत अदालतहरूको औपचारिक भ्रमण एवम् द्विपक्षीय सम्बन्ध विस्तारको सिलसिलामा यो भ्रमण हुन लागेको बताइएको छ ।

राउत नेतृत्वको टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस