सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१४ वैशाख २०८२
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ वैशाख । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस