नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

अनलाइनसमय |
११ वैशाख २०८२
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ११ वैशाख । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका थिए । विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि एमालेबाट समानुपातिक सांसद पन्त शिक्षामन्त्रीमा नियुक्त लभएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस