काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।
भोलीबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भोलीको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गने कार्यक्रम तय भएको जानकारी दिए ।
‘भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ,’ उनले भने, ‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’