काठमाडौं, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बोर्डले बुधबार नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो । बोर्डका अनुसार अब परिक्षा बैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।
शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ (भोली)देखि तय गरिएको परीक्षा १० दिन पर सारेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो ।
यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापान एक परीक्षा केन्द्रसहित एक हजार ५९१ परीक्षा केन्द्र गरिएको छ ।
हेर्नुहोस् यस्तो छ संशोधित तालिका:

