मैले शिक्षामन्त्री बनाएको हो, स्वास्थ्यका कारण राजिनामा दिनुभयो : प्रधानमन्त्री

अनलाइनसमय |
९ वैशाख २०८२
मैले शिक्षामन्त्री बनाएको हो, स्वास्थ्यका कारण राजिनामा दिनुभयो : प्रधानमन्त्री

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई आफ्नो असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा आएकोप्रति असन्तुष्टि जनाए ।

‘एक जना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ । प्रधानमन्त्रीले बसिखानै दिएन भन्ने हाल्ला छ रे,’ उनले भने, उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, सजिलो पनि छैन । अस्ति भर्खरै अप्रेसन पनि गर्नुभयो । अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।’

प्रधानमन्त्री ओलीले आफूबाट असहयोग तथा मतभेद भएर राजीनामा दिन बाध्य पारेको भनेर लेखेको भन्दै उनले आपत्ति समेत जनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस