काठमाडौं, ९ वैशाख । धादिङको थाक्रे गाउँपालिकाले जनप्रतिनिधिदेखि शिक्षक कर्मचारीसम्मलाई आफनो छोराछोरी सामुदायिक विद्यालयमा पढाउन आग्रह गरेको छ ।
गाउँ कार्यपालिकाको ७ गते (आइतबार) बसेको बैठकले आफना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार गाउँपालिकाले एक सूचना जारी गर्दै नप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्नो सन्ततिहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने निर्णय भएको हुँदा सोही अनुसार भर्ना गर्न अनुरोध गरेको हो ।
अब गाउँपालिकाका जनप्रतिनिधि, विव्यस, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ ।
