काठमाडौं, ९ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६८८ दशमलव ३२ बिन्दुमा कायम भएको हो ।
आज २ करोड २५ लाख ५५ हजार ४३६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड १२ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १६० को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार १३ समूहको उपसूचकमध्ये ९ को घटेको छ । आज अन्य समूहको उपसूचक सर्वाधिक २ दशमलव ०५ प्रतितशले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको उपसूचक १ दशमलव ११, होटेल तथा पर्यटन १ दशमलव ०४ र व्यापार समूहको उपसूचक शून्य दशमलव ६६ प्रतिशतले बढेको छ । यसदिन लगानी १ दशमलव ७७, विकास बैंक १ दशमलव ६३, बैंकिङ शून्य दशमलव ६५, हाइड्रोपावर शून्य दशमलव ५३, फाइनान्स शून्य दशमलव ४२, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बीमा शून्य दशमलव ३२, माइक्रोफाइनान्स शून्य दशमलव २५ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १३ प्रतिशतले ह्रास आएको छ ।
आज नेपाल माइक्रो इन्सुरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ९ दशमलव ९८, मकर जितुमय सुरी हाइड्रोपावर ९ दशमलव ९६ र ग्रीन लाइफ हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशतले बढेको छ । यसदिन कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।