काठमाडौं, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने निर्णय गरेकको छ । वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीको नरोक्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको हो ।
आवश्यक सबै तयारी भइसकेकाले परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । ‘केन्द्र तोकिसकिएको छ, हरेक विद्यालयबाट समयमै परीक्षा होस् भन्ने अनुरोध आएको छ, आज पनि सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँ जहाँ केन्द्र तोकिएको छ, त्यहाँ आवश्यक तयारी गर्न र परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भने, ‘साढे पाँच लाख विद्यार्थीको परीक्षा भएको हुनाले सञ्चालन गर्न अनुरोध गर्ने नै निर्णय भएको छ ।’
गत चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।