आइतबार १२.६८ अङ्कले घट्यो नेप्से, ८ अर्ब ४३ करोडको कारोबार

अनलाइनसमय |
७ वैशाख २०८२
आइतबार १२.६८ अङ्कले घट्यो नेप्से, ८ अर्ब ४३ करोडको कारोबार

काठमाडौं, ७ वैशाख । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ बिन्दुमा कायम भएको हो ।

आज २ करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड ३५ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ५३ धितोपत्रको शेयर मूल्य बढ्दा १९२ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार १३ समूहको उपसूचकमध्ये ११ को उपसूचक घटेको छ भने २ समूहको उपसूचक बढेको छ । आज व्यापार १ दशमलव ०२ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । यसैगरी होटेल तथा पर्यटन उपसूचक १ दशमलव ३६, फाइनान्स १ दशमलव २७, हाइड्रोपावर १ दशमलव २२ र अन्य समूहको उपसूचक १ दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज नेपाल माइक्रो इन्सुरेन्सको ९ दशमलव ९९, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको ९ दशमलवग ९८, राधि विद्युत्को ६ दशमलव ३७ र बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्य ६ दशमलव ११ प्रतिशतले बढेको छ ।

बलेफी आइड्रोपावरको ७ दशमलव ४७, हिमालय पावरको ७ दशमलव ०२ र सप्तकोशी डेभलपमेण्ट बैंकको ४ दशमलव ७२ प्रतिशतले शेयर मूल्य ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस