कक्षा १२ को परीक्षा स्थगित भएको छैन, तयारीलाई निरन्तरता दिनु : बोर्ड

अनलाइनसमय |
५ वैशाख २०८२
कक्षा १२ को परीक्षा स्थगित भएको छैन, तयारीलाई निरन्तरता दिनु : बोर्ड

काठमाडौं, ५ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्वघोषित तालिका अनुसार नै संचालन हुने स्पष्ट पारेको छ । बोर्डले आज एक सूचना जारी गर्दै २०८१ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा स्थगित नभएको जानकारी दिएको हो ।

विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भन्ने सूचना भ्रामक भएको बोर्डले जनाएको छ । ‘परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको लेटरप्याड हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बोर्डको आधिकारिक वेबसाइट बाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ । सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ ।’

परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले नै आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने हुँदा अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न कोर्डले आग्रह समेत गरेको छ । साथै परीक्षा समयमा शान्त वातावरणमा सम्पन्न गर्न आवश्यक पूर्वतयारी समेत भइसकेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस