कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

अनलाइनसमय |
२ वैशाख २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

वैशाख १७ गते कार्यसमिति बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णय लगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका रहनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस