देशलाई चाहिएको कंकर्डको गति, तर सरकार ट्याक्टरको गतिमा चलिरहेको छ : गगन थापा

अनलाइनसमय |
२ वैशाख २०८२
देशलाई चाहिएको कंकर्डको गति, तर सरकार ट्याक्टरको गतिमा चलिरहेको छ : गगन थापा

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षित गतिमा काम गर्न नसकेको बताएका छन् ।

काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि संविधान संसोधनखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको जिकिर गरे । उनले भने ‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ’, उनले अघि भने, ‘मान्छेको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन । ‘

सरकारले गति बढाएर काम गरेको भए अहिले सडकमा आन्दोलन देख्नु पर्ने अवस्था नै नआउने उनको भनाइ छ । उनले कांग्रेस–एमालेको सरकार भएकोले आफूहरूले सरकारको काम बढाउन चाहेको बताए । त्यसका लागि खबरदारी गरिरहेको उनको भनाइ छ । साथै उनले यसको मतलब अहिले यो सरकार बदलेर अर्को बनाउने भने नरहेको समेत प्रष्ट पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस