काठमाडौं, २९ चैत । पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संचना गरेर निजी क्षेत्रलाई शेयर सहभागिता गराउन सुझाव दिएको छ । आयोगले नयाँ स्टकबारे भने केही सुझाव दिएको छैन ।
‘नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी यसको पुँजीवृद्धि गर्नुका साथै निजी क्षेत्रलाई शेयर सहभागिता गराउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पनि पुनर्संरचना गरी नेपाल स्टक एक्सचेन्जका अतिरिक्त अन्य संस्थालाई पनि शेयर सहभागिता गराई पर्याप्त जनशक्तिसहित धितोपत्रको सुरक्षित डिपोजटरी सेवा दिने व्यवस्था गर्ने ।’
वस्तु विनिमय सञ्चालनमा ल्याई पब्लिक वेयरहाउजिङ ऐन जारी आयोगले सुझाव दिएको छ ।