दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

अनलाइनसमय |
२९ चैत २०८१
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

काठमडाौं, २९ चैत । गत १५ चैतमा काठमडौंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ ।

शुक्रबार झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत प्रसाईंलाई काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पु¥याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पु¥याउँदा हतकडी लगाइएको उनलाई विमानमा चढाउँदा भने हतकडी खोलिएको थियो । तर, विमान काठमाडौं अवतरण गरेपछि भने प्रसाईंको हातमा फेरि हतकडी लगाइएको थियो ।

प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ ।

प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । त्यसका लागि प्रहरीको अहिले कागजात तयार पार्दैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस