काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरूलाई छलफलका लागि बोलाएका छन्।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीबारे छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे हुनेछ ।
सरकारले नयाँ बजेट जेठ १५ गते संसद्मा पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।