१. ८ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

अनलाइनसमय |
२८ चैत २०८१
१. ८ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

काठमाडौं, २८ चैत । चालू आर्थिक (वर्ष आव) २०८१÷८२ को आठ महिनामा कुल आन्तरिक कर्जा १ दशमलव ८ प्रतिशतले बढेको छ । गत आवको फागुनसम्ममा यस्तो कर्जा ४ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा आन्तरिक कर्जा ३ दशमलव ९ प्रतिशतले बढेको छ ।

चालू आवको फागुनसम्ममा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२ दशमलव २ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो दाबी ४ दशमलव ९ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा यस्तो दाबी १४.३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५ दशमलव ६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७ दशमलव ३ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस