पाँच वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

अनलाइनसमय |
२७ चैत २०८१
पाँच वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २७ चैत । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पाँच वर्ष कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय निरज ढकाल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मंगलबार गोरखाबाट पक्राउ गरेको हो ।

उनले टोखामा घर भाडामा लिई खाजा सञ्चालन गर्र्दै आएका थिए । उक्त खाजा घरमा उनले बालिकालाई यौन व्यवसायमा लगाएको आरोप थियो ।

प्रति ग्राहक एक हजार रुपैयाँ लिएर बालिकालाई यौन कार्यमा लगाएको आरोपमा उनलाई ब्यूरोको टोलीले २५ मंसिर २०७९ मा पक्राउ गरेको थियो । त्यतिबेला उनी १ लाख धरौटीमा रिहा भएका थिए
त्यसपशचात २०८१ को मंसिरमा अदालतको फैसला हुँदा भने उनी दोषी ठहर हुँदै ५ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यसपछि उनी फरार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस