नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द

अनलाइनसमय |
२७ चैत २०८१
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द

काठमाडौं, २७ चैत । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ । सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ ।

त्यसपछि २०८२ वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म पनि उक्त बाटो बन्द हुनेछ ।

यो अवधिमा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस