काठमाडौं, २७ चैत । हङकङमा आजदेखि सुरु भएको टी–२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ ।
कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित निकालेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले ३३ रन बनाए भने बसिर अहमदले ३० रन र कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहेका थिए ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई २० ओभरमा ५ विकेट गुमाएर १५१ रनको लक्ष्य दिएको थियो ।
कतारका लागि कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए । ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे । शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक÷एक विकेट लिए ।
यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्ने छ ।