फागुनमा ६२ खर्बको डिजिटल भुक्तानी

अनलाइनसमय |
२७ चैत २०८१
फागुनमा ६२ खर्बको डिजिटल भुक्तानी

काठमाडौं, २७ चैत । चालू अर्थिक वर्ष (आव) २०८१/८२ को फागुनमा डिजिटल माध्यममार्फत ६२ खर्ब रुपैयाँ भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत फागुनमा ६२ खर्ब २९ अर्ब ८९ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा २३ दशमलव ८७ प्रतिशत बढी हो । सो आवको फागुनमा ५० खर्ब २९ अर्ब ११ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो ।

फागुनमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट ४४ खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ कारोबार भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा २९ दशमलव ११ प्रतिशत बढी हो । गतवर्ष ३४ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ भएको थियो । यसपछि इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि)बाट ४ खर्ब ६५ अर्ब १० करोड, छिटो भुक्तानी प्रणाली (फास्टर पेमेन्ट सिस्टम)बाट ४ खर्ब ३४ अर्ब ३७ करोड र मोबाइल बैंकिङबाट ४ खर्ब १५ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी भएको छ ।

कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० करोड)मा


स्रोत : नेपाल राष्ट्र बैंक

चालू आवको असोजदेखि क्रस बोर्डर क्यूआरको पनि शूरूआत भएको छ । यद्यपि शूरूदेखि फागुनसम्ममा १ अर्ब २६ करोड ७० लाखको भुक्तानी भएको तथ्याङ्क छ । यस प्रणालीबाट असोजमा १३ करोड ९ लाख, कात्तिकमा १५ करोड ६ लाख, मंसिरमा १९ करोड ३ लाख रुपैयाँ भुक्तानी भएको थियो भने पुसमा ३१ करोड ४ लाख, माघमा २६ करोड र फागुनमा २० करोड ५ लाख रुपैयाँको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस