आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारद्धारा फेरि आह्वान

अनलाइनसमय |
२६ चैत २०८१
आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारद्धारा फेरि आह्वान

काठमाडौं, २६ चैत । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन फेरि आव्हान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई बुधबार वार्तामा बोलाएको हो ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गत बुधबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो । तर, शिक्षकहरु वार्तामा नगएपछि मन्त्रालयमा भोलि वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई फेरी बोलाएको हो ।

साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस