काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ ।
बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य, विविध लगायतमा छलफल गरिने झाले बताए ।
त्यस्तै पार्टीको आगामी महाधिवेशनको तयारी, मिति, स्थान र संगठनात्मक संरचनामा आवश्यक परिमार्जनबारे छलफल हुने रास्वपाले जनाएको छ ।