गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी १७ वर्षपछि पक्राउ, साधुको भेषमा मन्दिरमा बसोबास

अनलाइनसमय |
२६ चैत २०८१
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी १७ वर्षपछि पक्राउ, साधुको भेषमा मन्दिरमा बसोबास

काठमाडौं, २६ चैत । व्यक्ति हत्या गरेर फरार भएका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको विन्दबासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन् । उनलाई सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार तेलीले २०६४ साल वैशाख २५ गते पर्सा जिल्लाको बहुअर्वाभाठा–९ बस्ने ढोडा मुखिया विनलाई जग्गा विवादका क्रममा छलफलका लागि बोलाई गोली प्रहार गरी हत्या गरेका थिए । त्यसपश्चात् उनी फरार थिए ।

२४ कात्तिक २०६९ को सर्वोच्च अदालतको फैसलाले साहलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्म कैदको सजाए सुनाएको थियो ।
विनको हत्यापछि साह भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी बस्दै आएका थिए ।
वीरगञ्जबाट सोमबार साधुको भेषमा पक्राउ परेका साहलाई फैसला कार्यान्वयनका लागि आज मंगलबार जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस