विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा, एक्यूआई २२५

अनलाइनसमय |
२६ चैत २०८१
विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा, एक्यूआई २२५

काठमाडौं, २६ चैत । काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन (एक्युआई)को अनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत २२५ रहेको छ । यस्तै नेपाल पछि दोस्रो नम्बरमा भारतको दिल्ली (१८२), पाकिस्तानको लाहोर (१७७) तेस्रो तथा भियतनामको हनोइ (१७६) चौथो स्थानमा रहेको छ ।

विश्व स्वास्थ्य सङ्ठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।

वायु प्रदूषण उच्च भएसँगै आँखा पोल्ने, एलर्जी हुनृ, घाँटी दुख्ने लगायत स्वास्थ्य समस्याका बिरामी बढेको छ । चिकित्सकहरूले अनावश्यक बाहिर ननिस्किन, बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा घरमा पनि झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस