काठमाडौं, २५ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ४५ अङ्कले घटेर दुई हजार ६७० दशमलव ९४ बिन्दुमा कायम भएको हो ।
आज १ करोड १४ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बराबरकोे कारोबार भएको थियो ।
आज २३ धितोपत्रको शेयर मूल्य बढ्दा २२१ को घटेको छ । यसदिन कुल ३२२ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार सबै उपसमूहको परिसूचक घटेको छ । आज व्यापारको उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ३ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको २ दशमलव ०६, लगानीको १ दशमलव ४२, उत्पादन तथा प्रशोधनको १ दशमलव ३५ र होटेल तथा पर्यटन उपसूचकको परिसूचक १ दशमलव ३१ प्रतिशतले ह्रास आएको छ ।
आज बुटवल पावरको ४ दशमलव ७५, बाराही हाइड्रोपावरको ४ दशमलव ७९ र कुमारी सवाल योजनाको शेयर मूल्य ४ दशमलव ६ प्रतिशतले बढेको छ ।
यसदिन हिमालय पावर पार्टनरको ५ दशमलव ३५, समृद्धि फाइनान्सको ४ दशमलव ३२ र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा ४ दशमलव ३१ प्रतिशतले ह्रास आएको छ ।