काठमाडौं, २५ चैत । एनआईसी एशिया बैंकले १० वर्षका लागि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले आज (सोमबार)देखि वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्रीमा ल्याएकोे हो ।
बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरले ५० लाख इकाइ ऋणपत्र जारी गरेको हो । यसमध्ये २० लाख इकाइ (४० प्रतिशत) सर्वसाधरणका लागि निष्कासन गरिनेछ भने बाँकी ३० लाख इकाइ ६० प्रतिशत) व्यक्तिगत र १ लाख इकाइ (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सकिन्छ । चैत २८ गतेसम्म आवेदन दिन सकिने छ भने सो सयमा बिक्री नभएमा वैशाख ८ गतेसम्म बिक्री खुल्ला रहने छ ।