दिपेश नेपालीको चित्रकला प्रदर्शनी सम्पन्न (तस्बिरहरू)

अनलाइनसमय |
२४ चैत २०८१
दिपेश नेपालीको चित्रकला प्रदर्शनी सम्पन्न (तस्बिरहरू)

काठमाडौं, २५ चैत । कमलपोखरीस्थित रशियन हाउसमा चित्रकार दिपेश नेपालीको चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा उनले तयार गरेका विभिन्न चित्रकृतिहरू प्रदर्शन गरिएको थियो ।

समकालीन ‘प्लेइन एयर’ शैलीमा चित्रण गर्ने चित्रकार नेपालीले बाहिरी वातावरणमै बसेर प्रत्यक्ष अवलोकनका आधारमा चित्रहरू तयार गर्ने गर्छन्, जसले उनको कला जीवन्त र वास्तविक देखिन्छ । विशेषगरी नेपालका गाउँ, हिमाली भू–दृश्य तथा ग्रामीण जीवनशैली उनका चित्रहरूको मुख्य विषयवस्तु बनिरहेका छन् ।

प्रदर्शनीमा नेपालका पहाडी क्षेत्र, हिमालको सौन्दर्य र गाउँले जीवनशैली झल्काउने विभिन्न कलाकृति उनले प्रस्तुत गरेका थिए । उपस्थित दर्शक तथा कलाप्रेमीहरूले दिपेशका चित्रहरूमा देखिएको सादगी, मौलिकता र गहिरो भावनात्मक पक्षको प्रशंसा गरे ।

तस्बिरहरू : विशाल खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस