काठमाडौं, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कार्यालय समय शुरू भएपछि अदालतमा पेश गर्न लागेको हो ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएपछि उनलाई अदालतमा उपस्थित गराउन लागिएको जनाएको छ । यसअघि जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर सो आदेशलाई बदर गर्दै उच्च अदालतले थुनामा पठाउन आदेश दिएको हो ।