काठमाडौं, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा गर्न लागेको जनप्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको प्रदर्शनलाई समर्थन गरेका हुन् ।
राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते काठमाडौंको भृकुटीमण्डमा जनप्रदर्शन तथा आमसभा गर्दैछ ।
विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान समेत गरेका छन् । ‘उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरुमा हार्दिक आह्वान समेत गर्दैछौं’, गुरुङको वक्तव्यमा भनिएको छ ।
